२२ बैशाख २०८१, शनिबार

स्याङ्जाका दुई पालिकाबाट बेवारिसे चिनी फेला

प्रकाशित मिति :  9 November, 2023 6:41 am


काठमाडौँ । स्याङ्जाको फेदीखोला गाउँपालिका र गल्याङ नगरपालिकाबाट बेवारिसे चिनी फेला परेको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत फेदीखोला गाउँपालिकाबाट एक सय केजी (२ बोरा) र गल्याङ नगरपालिका राम्दीबाट दुई सय पचास केजी (५ बोरा) गरी तीन सय पचास केजी बेवारिसे चिनी फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पावलसिंह लामाले जानकारी दिए ।

फेदीखोला गाउँपालिका वडा नम्बर १ पर्सेभाटीमा बुटवलबाट बागलुङ जाँदै गरेका ना ५ ख ६६२३, लु २ ख ५१३७ ना ४ ख ३८२८ नम्बरको सवारी सधानबाट बेवारिसे अवस्थामा चिनी फेला परेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !