१७ बैशाख २०८१, सोमबार

मुसहर परिवारलाइ कृषक महासंघले बाँड्याे राहत सामग्री

प्रकाशित मिति :  29 April, 2020 2:39 pm


काठमाडाैं, १७ वैशाख । 

सिरहास्थित भगवानपूर गाउँ पालिकाका कृषि मजदूरकाे रूपमा काम गर्दै आएका मुसहर तथा दलीत समुदायलाइ राहत वितरण गरिएकाे हाे । राष्ट्रिय कृषक समूह महासंघले साे क्षेत्रका २ सय ६ घरधुरीलाइ चामल, दाल, खानेतेल, नुन, चिनी र चना साथै साबुन, सेनेटजर लगाएतका राहत सामग्री वितरण गरेकाे हाे ।

 काेराेना (काेभिड १९) का कारण राेजीराेटी जाेखिममा परेका समूदायलाइ केयर नेपालकाे आर्थिक सहयाेग र भगवानपूर गाउँपालिकाकाे समन्वयमा राहत वितरण गरिएकाे महासंघकाे राष्ट्रिय सचिवालयले जनाएकाे छ । वितरण प्रकृयामा सुरक्षा निकाय, गाउँ पालिका प्रमुख लगायत कार्यपालिका, प्रदेश महासंघ, जिल्ला महासंघ, पालिका महासंघ र महासंघ सम्वद्ध सदस्य तथा कर्मचारी संलग्न थिए ।



प्रतिक्रिया दिनुहोस !