१५ बैशाख २०८१, शनिबार

आज झापामा राजतन्त्रको पक्षमा प्रदर्शनी हुने, पूर्वराजाबाट पृथ्वीनारायणको शालिक अनावरण गरिने

प्रकाशित मिति :  25 November, 2023 9:20 am


काठमाडौं । राजतन्त्रको पक्षमा आज झापामा वृहत् प्रदर्शनी हुने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टिको आयोजनामा प्रदर्शनी हुने भएको हो । 

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रवार झापा पुगेका छन्। राप्रपाले शाहको सार्वजनिक अभिनन्दन गर्दै ५ हजार बढी मोटरसाइकलहसहितको र्‍यालीमार्फत् बिर्तामोड पुर्‍याउने तयारी गरेकाे जनाइएको छ।

शाह दिउँसो १२ बजे मेचीनगरबाट र्‍याली प्रारम्भ हुनेछन् । दिनको १ बजे इकम कलेजमा पृथ्वीनारायण शाहकाे शालिक अनावरण हुने कार्यक्रम राखिएको राप्रपाले जानकारी दिएको छ। 

व्यवसायी दुर्गा प्रसाईंले काठमाडौंमा बिहीबारबाट राजतन्त्रको पक्षमा तीनेदिने प्रदर्शन शुरू गरेका छन्। यसबिच पूर्वराजा शाहको झापामा अभिनन्दन कार्यक्रम तय गरिएको हो।



प्रतिक्रिया दिनुहोस !