१५ बैशाख २०८१, शनिबार

दुर्गा प्रसाईँ समूहको आजको कार्यक्रम सिफलमा हुने

प्रकाशित मिति :  25 November, 2023 10:03 am


काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ  सहूहको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानले आज काठमाडौंको सिफल चौरमा प्रर्दशन गर्ने भएको छ।  

महाअभियानले शुक्रवार जिल्ला प्रशासन कार्यालयमा शान्तिपूर्ण प्रर्दशनका लागि अनुमति मागे अनुरूप प्रशासनले शनिवारका लागि सिफलमा प्रदर्शन गर्ने अनुमति दिएको हो। 

यसअघि तीनकुनेमा कार्यक्रम गर्ने भनिए पनि अनुमति नलिएकाले प्रशासनले रोक लगाएको थियो । विना अनुमति प्रदर्शन गर्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई पक्राउ गरेको थियो। 

प्रसाईँ समूहले तीन दिने प्रदर्शनीको कार्यक्रम यसअघि नै सार्वजनिक गरेको थियो।



प्रतिक्रिया दिनुहोस !