१७ बैशाख २०८१, सोमबार

कोरोना औषधि परीक्षणमा नयाँ आशा, अमेरीकामा मात्रै मृतकको संख्या ६० हजार नाघ्यो

प्रकाशित मिति :  30 April, 2020 8:37 am


एजेन्सी, १८ वैशाख ।

कोरोना भाइरस विरुद्धको औषधि परीक्षणमा सकारात्मक नतिजा देखिएको भन्दै अनुसन्धानकर्ताहरु उत्साहित भएका छन् ।

‘रेमडसिविर’ औषधिको परीक्षणमा सकारात्मक नतिजा आएको भन्दै अनुसन्धानकर्ताहरुले यसले नयाँ आशा जगाएको बताएका छन् ।

यसअघि इबोला संक्रमितमा प्रयोग भईसकेको यस औषधि परीक्षणका लागि कोरोना भाइरसका विरामीमा पनि प्रयोग गरिएको थियो ।

परीक्षण गरिएको डाटा अनुसार ७५ प्रतिशत अस्पतालमा १ हजार गम्भीर रुपका कोरोना पीडितमा यो औषधि प्रयोग गरिएकोमा यसअघि चर्चामा रहेको ‘प्लेसी’ औषधिको तुलनामा ३१ प्रतिशत विरामी निको भएको बीबीसीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

रेमडेसिवियर औषधि ११ देखि १५ दिनसम्म प्रयोग गरिएको थियो ।  वैज्ञानिकहरुले   यस औषधिको प्रयोगबाट फाइदा हुन सक्ने बताएका छन् । रेमडेसिवियर औषधिको उत्पादन अमेरीकी कम्पनी गिलिएडले बनाईरहेको छ ।

यद्धपी यसको थप पुष्टिका लागि अरु तथ्याङ्क हेर्नुपर्ने समाचारमा उल्लेख छ ।

अमेरीकी प्रसिद्ध सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले यसलाई सुखद खबर भनेका  छन् । उनले भनेका छन् की यो औषधिले जीवाणु रोक्न सक्छ ।

लन्डनका एमआसी परीक्षण एकाईका निर्देशक प्रोफेसर महेश परमारले पनि भनेका छन्,‘ रेमडेसिवियरको अन्तराष्ट्रिय स्तरमा यो पहिलो परीक्षण हो यसको नतिजा निकै उत्साहित छ । यसको तथ्याङ्क र नतिजाको समिक्षा जारी राख्न आवश्यक छ ।

यसैबीच विश्वभर कोरोना संक्रमणका कारण मर्नेको संख्या २ लाख २७ हजार ५ सय ३५ पुगेको छ । जसमध्य ६० हजार ८ सय ७६ जनाको अमेरीका मात्रै मृत्यु भएको छ । संक्रमितको संख्या ३१ लाख ९१ हजार ८ सय २७ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !