१५ बैशाख २०८१, शनिबार

नेपालमा थप परिस्कृत सेवा दिन एनसेल प्रतिवद्ध छः सतिशलाल आचार्य

प्रकाशित मिति :  2 December, 2023 8:03 am


काठमाडौँ । एनसेलले स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबिच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको आधिकारिक जानकारी दिएको छ। 

एनसेलले कम्पनीको सेयर किनवेचको थप पुष्टी गर्दै सेवामा गुणस्तरियता थप्ने प्रतिवद्धता व्यक्त गरेको हो।  

सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिने जनाइएको छ। एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । 

स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र डिजिटल आविष्कारहरूका साथ एनसेललाई अगाडि बढाउन प्रतिबद्ध रहेको एनसेलले मिडियालाई पठाएको प्रेस विज्ञप्तीमा उल्लेख छ। 

विज्ञप्तीमा स्पेक्ट्रलाइट यूकेका लगानीकर्ता सतिशलाल आचार्य सिंगापुरमा रहेका नेपाली मुलका व्यवसायी रहेको उल्लेख छ  ।

आचार्यलाई उदृत गर्दै भनिएको छ, “एनसेलको सेयर होल्डिङको लागि यो सम्झौताको घोषणा गर्न पाएकोमा स्पेक्ट्रलाइट निकै खुसी छ । दूरसञ्चार क्षेत्रको मेरो वृहद् अनुभवका साथ एनसेल व्यवस्थापनसँगको सहकार्यमा इनोभेसन र लगानीसँगै नेपालमा रहेका करोडौ ग्राहकलाई विभिन्न परिस्कृत सेवा प्रदान गर्न हामी प्रतिबद्ध छांै ।”

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एनसेलको स्वामित्वमा आगामी दिनमा हुने परिवर्तनदेखि खुसी रहेको र नयाँ लागानीकर्तासँग काम गरी एनसेललाई डेटा र सञ्चार पुर्वाधारको एक नेपाली कम्पनीका रुपमा अघि बढाउन हामी तप्पर रहेको बताएका छन्। 

जाब्बोरले भनेका छन्, “आगामी दिनमा कम्पनीको परिष्कृत योजनाहरु घोषणा गदै सेवाहरूको दायरा फराकिलो बनाइने छ जसले यो कम्पनीलाई एक प्रमुख डिजिटल सेवा प्रदायक तथा डेटा सेवा प्लेटफर्म बनाउनेछ।”



प्रतिक्रिया दिनुहोस !