१२ श्रावण २०८१, शनिबार

कोरोनाले बन्द भएको भीरकोटकाे साप्ताहिक हाटबजार पुनः सञ्चालनमा

प्रकाशित मिति :  3 December, 2023 5:43 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकामा साप्ताहिक हाटबजार पुन सुचारु भएको छ । कोभिड १९ को महामारीका कारण बन्द भएको पालिकाकाे साप्ताहिक हाट बजार हिजा (शनिवार)देखि पुन सुचारु भएको हो ।

नगरपालिकाको वडा नम्बर १ को फर्दवासमा अवस्थित हाट बजारलाई शनिबार सांकेतिक रूपमा पुनस् उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले हरेक शनिवार हाटबजार नियमित रूपमा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

भीरकाेट नगर उपप्रमुख भगवती रेग्मी अर्यालले किसानका तरकारी खरिद गर्दै

भीरकोटमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले हाटबजार सुचारू गर्न लागिएको बताउँदै कृषक र उद्योग वाणिज्य संघ, भीरकोटलाई पनिआग्रह गरेका थिए ।

पालिकाका कृषि संयोजक एवम् नगर प्रवक्ता दिपेन्द्र केसीले किसानहरूको गुनासो सम्बोधन गर्न पालिकाले हाटबजार सुचारू गरेको बताए ।

हाट बजार हरेक शनिबार १० देखि ५ बजेसम्म संचालन हुने र कृषकले विक्री वितरण गर्न नसकेको कृषि उपजको जिम्मा नगरपालिकाले लिने बताइएको छ।

नगरपालिकाले कृषकहरूलाई तालिम, बिउबिजन र प्रविधिमा सहुलियत र अनुदान दिएकाले त्यसलाई उपलब्धिमूलक बनाउन र कृषकहरूको व्यवसायिक हितको लागि नगरपालिकाले काम गरिरहेको प्रवक्ता केसीले बताए ।



प्रतिक्रिया दिनुहोस !