१३ बैशाख २०८१, बिहिबार

रोल्पामा क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ

प्रकाशित मिति :  30 April, 2020 1:51 pm


रोल्पा,१८ वैशाख ।  रोल्पा माडी गाँउपालिका वडा नम्बर-२ परिवाङमा रहेको क्वारेन्टाइनमा मृत्यु भएका व्यक्तिको स्वाब नमुना परीक्षण नेगेटिभ आएको छ ।

स्वास्थ्य कार्यालय रोल्पाले मृत्यु भएका तुलबहादुर परियारको स्वाब नमुना परीक्षण नेगेटिभ देखिएको जनाएको छ ।

स्वास्थ्य कार्यालयले भनेको छ,‘ मिति २०७७/ १/ १५ गते माडि गा.पा.को भगवती आधारभूत विद्यालय क्वारेन्टाइनमा मृत्यु भएका तुलबहादुर परिवारको स्वाब परीक्षणको नतिजा सामान्य ।’

काठमाण्डौंबाट फर्किएका परियारको क्वारेन्टाइन बसेको ५ दिनमा मृत्यु भएको थियो । मृत्युपछि परीक्षणका लागि पठाईएको स्वाब नमुना परीक्षण भने नेगेटिभ आएको हो ।

परिवारले उनलाई पहिलेदेखि दमको रोग भएको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस !