१५ बैशाख २०८१, शनिबार

एनटी फाइबर टेलिफोन मात्र प्रयोग गरिरहेकालाई एक महिना निशुल्क इन्टरनेट

प्रकाशित मिति :  11 December, 2023 10:17 am


काठमाडौँ। नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराइउने भएको छ। 

टेलिकमले प्रेस विज्ञप्ति जारी गर्दै सोमवारबाट लागु हुने गरी परीक्षणका रुपमा एक महिना निशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रमोसनल अफर ल्याएको हो।

सेवा लिनका लागि हालसम्म टेलिफोन मात्र प्रयोग गरिरहेका ग्राहकले १९८–१ ९१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी० मा डायल गरी सेवा एक्टिभ गर्न सक्नेछन्। नजिकको दुर सरसञ्चार कार्यालयमार्फत पनि यो सेवा लिन सकिने टेलिकमले जनाएकोछ। 

एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दुर सञ्चार कार्यालयमा सम्पर्क गरी शसुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने प्रवक्ता शोभन अधिकारले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !