२७ मंसिर २०८२, शनिबार

स्याङ्जाको चापाकोटमा ट्याङकर दुर्घटना हुँदा दुई जना घाइते

प्रकाशित मिति :  18 December, 2023 10:53 am


काठमाडौँ । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ५ हिलामराङमा हिजाे(आइतबार) राति ट्याङकर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

चापाकोट ज्याग्दी खोलाबाट पानी लिएर मकैडाडा जाँदै गरेको हिमाल कन्ट्रम्सन प्रालिको ट्याङकर उकालोमा सडकबाट दुई सय मिटर खसेको हो ।

दुर्घटनामा चालक बुटवल उप महानगरापलिकमका वडा नम्बर १८ नयाँ गाउका ३१ वर्षीय हिरा परियार र सह चालक स्याङ्जा चापाकोट नगरपालिका वडा नम्बर ५ मकैडाडा बस्ने ३२ वर्षीय जिगर परियार घाइते भएका हुन् ।

सहचालक परियारको अवस्थामा सामान्य रहेपनि चालक परियारको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्र बहादुर रानाले जानाकारी दिए ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !