१७ बैशाख २०८१, सोमबार

प्रधानमन्त्रीद्वारा नारायणगढ–बुटवल र मुग्लिन–पोखरा सडकको निरीक्षण

प्रकाशित मिति :  18 December, 2023 4:26 pm


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा रहेको एक्सन रूमबाट निर्माणाधीन नारायणगढ–बुटवल सडकखण्ड र मुग्लिन–पोखरा सडकखण्डको भर्चुअल निरीक्षण गरेका छन् ।

सोमबार दिउँसो सिंहदरबारबाट प्रधानमन्त्रीले निर्माणाधीन २ सडकखण्डको भर्चुअल निरीक्षण गरेका हुन् ।

निरीक्षणपछि प्रधानमन्त्रीले भने, “हाम्रा परियोजनाहरू भनेजस्तो जस्तो गरी अगाडि बढेनन् र जनताले महसुस गर्ने गरी कामको प्रगति भएन। यसबाट सन्तुष्ट हुन सक्ने अवस्था देखिँदैन। यसतर्फ हाम्रो भूमिका गुणात्मक रूपले बढाउनुपर्छ।”

“गिट्टी, बालुवा ढुंगा, विद्युतका सानातिना समस्याहरू समाधान गर्ने कुरा हाम्रो काबुमा छ, त्यो हाम्रो जिम्मेवारी पनि हो” प्रधानमन्त्रीले भने, “फिल्डका कार्यालयले समयमै सम्वन्धित ठाउँमा नियमित प्रतिवेदन गर्नुप¥यो। समयमै कुरा आए समाधान गर्न सजिलो हुन्छ। दिनहुँ जनताले समस्या भोग्नुपर्ने समस्या अन्त्य हुनपर्छ।”

प्रधानमन्त्रीले अब परियोजनाको माइलस्टोन सूचकका आधारमा प्रगति हुनुपर्ने, तोकिएको समयमा नै काम सक्न्पर्ने उल्लेख गर्दै यी कारणले काम भएन भन्ने छुट नभएको बताए ।

प्रधानमन्त्रीले भने यी दुई प्रजेक्ट महत्वपूर्ण छन्। समयमै सकिनुपर्छ। म पनि परियोजना निरीक्षणका लागि फिल्डमै आउँछु, अब धेरै समय विकासका कामलाई दिन्छु, यो काम गर्ने अन्तिम अवसर हो। सबैले एकपटक अवसर लिऔं। अब पनि सुधार भएन र प्रगति भएन भन्ने छुट छैन।”

राष्ट्रिय गौरवका योजनामा काम दुर्ई सिफ्टमा गराउनको लागि गम्भिर गृहकार्य गर्नुपर्ने प्रधानमन्त्रीले बताए ।



प्रतिक्रिया दिनुहोस !