१६ बैशाख २०८१, आइतबार

कुमारी बैंकको नागरिक बचत खातामा चाडपर्व अफर, डेबिट कार्ड र मोबाइल बैँक निशुल्क

प्रकाशित मिति :  20 December, 2023 6:30 am


काठमाडौँ । कुमारी बैंक लिमिटेडले आउदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसारलाई लक्षित गरि नागरिक बचत खातामा ग्राहकका लागि छुट तथा अफरहरु प्रदान गर्ने भएको छ।

आउँदो पुस ८ गते देखी २० गते सम्म नयाँ खोलिने खातामा पहिलो एक वष सम्म डेबिट कार्ड, मोबाईल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग सुविधाहरु निःशुल्क प्रदान गर्ने बैंकले जनाएको छ।

अफर प्राप्त गर्नका लागि खातामा न्युनतम रकम रु एक हजार हुनुपर्नेछ भने सुविधाहरु नागरिक बचत खातामा मात्र लागु हुनेछ।

डिजिटल बैंकिङ्ग सेवाहरुलाई प्रोत्सहान गर्नका साथै बैंकिङ्ग सेवामा उत्कृष्टताको आफ्नो परम्परालाई निरन्तरता दिँदै आफ्ना ग्राहक तथा समुदायको समृद्धिमा योगदान पु¥याउन बैंक सधै तत्पर रहेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

कुमारी बैंकको देशभर ३०९ शाखा, ३१४ एटिएम, ६५ शाखा रहित बैंकिङ्ग इकाई तथा ४९ एक्स्टेन्सन काउन्टर मार्फत सेवा प्रवाह गर्दै आएको छ।



प्रतिक्रिया दिनुहोस !