२६ बैशाख २०८१, बुधबार

विद्यालयमा अनुशासन इन्चार्ज नराख्न काठमाडौँ महानगरको निर्देशन

प्रकाशित मिति :  22 December, 2023 5:25 pm


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।महानगरपालिकाको शिक्षा विभागका प्रमुख सीताराम कोइरालाले सूचनामार्फत् विद्यार्थीको अनुशासन कायम राख्न भन्दै डिआई नराख्न भनेका छन् ।

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो ।

कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।



प्रतिक्रिया दिनुहोस !