२२ बैशाख २०८१, शनिबार

स्याङ्जाको विरुवा गाउँपालिकामा एक पुरुष मृत फेला

प्रकाशित मिति :  22 December, 2023 5:56 pm


स्याङ्जा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नम्बर २ चेप्टेका चन्द्रबहादुर राना मृत अवस्थामा फेला परेका छन् ।

हिजो (विहीवार) गोरु चराउन गएका ३९ बर्षीय राना स्थानीय मौवाघारी जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता ईन्द्रबहादुर रानाले जानकारी दिए ।

रानाले चराउन लगेका गोरु साँझ घरमा फर्केर आएको तर उनी घर नआएपछि खोजी गर्दा शुक्रवार मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता रानाले बताए ।



प्रतिक्रिया दिनुहोस !