२२ बैशाख २०८१, शनिबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  24 December, 2023 10:20 am


काठमाडौँ । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शनिवार राति पौने १० बजे धनगढी उपमहानगरपालिका–१८ इ गाँउमा मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका वडा नम्बर-१२ जुगेडाका २८ वर्षीय पुष्पबहादुर कामीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी सवार से ५ प ४७७५ नम्बरको मोटरसाइकल शनिवार राति अनियन्त्रित भएर दुर्घटना हुँदा मउत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका कामीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !