२३ बैशाख २०८१, आइतबार

पोखरामा कारको ठक्करबाट २ जना पैदल यात्रीको मृत्यु

प्रकाशित मिति :  26 December, 2023 9:15 am


पोखरा । पोखरामा कारको ठक्करबाट २ जनाको पैदल यात्रीको मृत्यु भएको छ । आज बिहान पोखरा ५ पस्र्याङको सिद्धार्थ बैङ्क अगाडी बा १३ च ३७२१ नम्बरको कारले ठक्कर दिदाँ २ जना पैदल यात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बागलुङ ढोरपाटन घर भई हाल पोखरा ३ नदीपुर बस्ने २० वर्षका ढालेन्द्र छन्त्याल र पहिचान नखुलेका अर्का ३५ वर्षीय पुरुष छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनाको अस्पतालमा मृत्यु भएको हो । कारका चालक फरार रहेको र कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस !