१४ बैशाख २०८१, शुक्रबार

थप दुईजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

प्रकाशित मिति :  1 May, 2020 2:28 pm


काठमाण्डौं,१९ वैशाख ।

प्रदेश ५ मा पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज रुपन्देही र बाँके गरि २ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रुपन्देहीका २५ बर्षीय पुरुष र नेपालगञ्ज,बाँकेका ६० बर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।

दुबै जनाको स्वास्थ्य अवस्था समान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । जस मध्य १६ जना उपचारपछि घर फर्किसकेका छन् ।

अहिलेसम्म प्रदेश ५ मा कारोना संक्रमण भेटिएको थिएन ।



प्रतिक्रिया दिनुहोस !