८ जेष्ठ २०८१, मंगलबार

भारतमा लकडाउन दुई हप्ता थप, केही क्षेत्रमा भने खुकुलो

प्रकाशित मिति :  1 May, 2020 8:55 pm


एजेन्सी,१९ वैशाख ।

भारतले लक डाउन दुई हप्ता थप्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि भारतले थप दुई हप्ता लकडाउन थप्ने निर्णय गरेको हो ।

अब १७ मे सम्म लकडाउन कायम रहने छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै संक्रमणको सम्भावना कम भएको क्षेत्रमा भने लकडाउन केही खुकुलो हुने जनाएको छ तर हवाई जहाज,रेल,मेट्रो तथा एक राज्यबाट अर्को राज्यमा जाने सडक मार्गको आवत जावतमाथीको प्रतिबन्ध भने कायमै हुने छ ।

विशेष उद्देश्यका लागि गृहमन्त्रालयको अनुमनि लिएर सडक,रेल तथा हवाई यात्रा गर्न भने पाईने छ ।

सबै शिक्षाण संस्था, तालिम तथा प्रशिक्षण संस्थालगायत धेरै मानिस जम्मा हुने ठाँउहरु बन्द यथावत हुने छन् । गृहमन्त्रालयले बेलुकी ७ बजेदेखि विहान ७ बजेसम्म अनावश्यक रुपमा बाहिर ननिस्कन भनेको छ ।

साथै ६५ बर्ष भन्दा माथीका र १० बर्षभन्दा कम उमेरकालाई पनि अनावश्यक रुपमा बाहिर नसिक्न गृहमन्त्रालयको सुझाव छ ।    यस्तै ई-कमर्सलाई छुट दिईएको छ भने जोखिम नभएका क्षेत्र अर्थात पहेंलो र हरियो मानिएका क्षेत्रमा ५० प्रतिशत मानिस लिएर बस चल्न सक्ने छने भने बस अड्डामा ५० प्रतिशत मानिसले काम गर्ने छन् ।

यसअघि जारी गरेको लकडाउन पर्सी सकिदै थियो । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३५ हजार नाघेको छ । अहिलेसम्म ३५ हजार ३ सय ६५ जना संक्रमित भएका छन् भने ११ सय ५२ जनाको मृत्यु भईसकेको छ ।



प्रतिक्रिया दिनुहोस !