१३ बैशाख २०८१, बिहिबार

सगरमाथामा शिखरमा पुग्यो फाइभजी, ह्वावे र चाइना टेलिकमले व्यक्त गरे खुशी

प्रकाशित मिति :  2 May, 2020 7:52 am


तिब्बतकाे क्षेत्रमा पर्ने काेमाेलाङ क्षेत्र । तस्वीरः सिन्ह्वा

लुम्बिनी सञ्चार
काठमाडौं, २० वैशाख

विश्वको सर्वोच्चा शिखर सगरमाथामा हालसम्मकै हाइस्पीड नेटवर्क फाइभ जी पुगेको छ । अग्लो ठाउँमा रहेको फाइभ जी आधार शिविरले काम गर्न शुरू गरेको हो ।

सगरमाथामा फाइजी नेटवर्क नेपालले पुर्याएको भने हैन । चीनतर्फको सगरमाथा क्षेत्र (कोमोलाङ शिखर क्षेत्र) मा पहिलो पटक चाईना मोबाइल र ह्वावेले संयुक्तरुपमा फाइभजी नेटवर्क पुर्याएका हुन् । दुबै कम्पनीले याे सफलताकाे लागि खुशी व्यक्त गरेका छन् ।

समुद्री सतहबाट ६ हजार ५ सय मिटरको उचाइँमा रहेको कोमोलाङमा शिखरको फेदीमा बनाइएको फाइभ जी आधार स्टेशनले सिग्नल देखिन थालेको हो । यस अघि दुई अग्ला फाइभ जी स्टेशन क्रमशः ५ हजार ३ सय मिटर र ५ हजार ८ सय मिटर अग्लो स्थानमा स्थापना गरिएका थिए । यससँग सगरमाथाको वास्तविक उचाइ पत्ता लगाउने र वातावरणीय अनुगमन गर्न सहज हुनेछ ।

६५०० मिटर उचाइमा रहेकाे ५जी स्टेसन । तस्वीरः ह्वावे

विश्वकै उच्च स्थान कोमोलाङमा रहेको त्यो आधार शिविरको स्टेशनले फुल कभरेज दिएको अनुभव गरेको चाइना मोबाइलको तिब्बत शाखाका महाप्रवन्धक झाउ मिनले जनाए । प्रवन्धक झाउले यो स्टेशनले पर्वतारोहीको गतिविधि, वातावरणीय परिवर्ततन र एचडीको प्रत्यक्ष प्रसारण गर्न सक्ने सुविधा उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरे ।

चीन र नेपाल सीमामा रहेको कोमोलाङमाको उचाइ ८८४० मिटर रहेको सिन्ह्वाले जनाएको छ । ह्वावेले पनि विज्ञप्ति जारी गर्दै यस विषयमा थप प्राविधिक जानकारी सार्वजनिक गरेको छ । जस अनुसार ५,३०० मिटरको उचाईमा, ५ जी डाउनलोड १।६६जीबीपिएस भन्दा माथिको स्पीडमा रहेको र अपलोड स्पीड २१५ एमबिपिएस रहेको कम्पनीले जानकारी दिएको छ ।

बेस स्टेशनहरुमा ह्वावेको ५जी एएयू र एसपीएस टेक्नोलोजीज उपयोग गरिएको छ, जहाँ नेटवर्कको मर्मत र सुधारका लागि दर्जनौ नेटवर्क विशेषज्ञहरुले काम गरेका हुन् । उनीहरुले ५,३०० मिटर र त्यसमाथिको उचाईमा रहेको नेटवर्क संचालनको लागि सातै दिन २४ सै घण्टा काम गर्नेछन् ।

ह्वावेको होलोसेन्स सिस्टमद्धारा खिचिएको सगरमाथाको चुचुरो। तस्वीरः ह्वावे

‘ह्वावेको ५जी एएयू कम्प्याक्ट साईजमा उच्चतहको एकिकृत गरिएको छ, जसले जडान र इन्स्टलेसनका लागि सहज बनाउँछ, यो सगरमाथाजस्तो निकै कठिन वातावरण भएको स्थानहरुका पूर्वाधारका लागि उपयुक्त हुन्छ,’ ह्वावेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
ह्वावेले कम्पनीके बृहत एमआईएमओ उत्कृष्ट कभरेजका लागि अधिक भरपर्दो रहेको बताएको छ ।

यसको थ्री डाईमेन्सनल न्यारो बीमको उच्चतहको लकचपनाले, यो प्रविधिले सगरमाथामा काम गर्दछ । यसमा ह्वावेको इन्टेलिजेन्स ओप्टिएक्स नेटवर्क सलुसन्सले नेटर्वकहरुको स्तरीयता र निरन्तरतालाई ग्यारेन्टी गर्ने कम्पनीको दाबी छ ।

होलोसेन्स इन्टेलिजेन्ट भिडियो सर्भिलेन्स सिस्टमका साथमा ह्वावेले एक्ट्रिम क्वालिटीसहित केलब एक क्लिकमा अप्टिमाईजेसन र गल्ती पत्ता लगाउन सक्दछ, यसले सगरमाथाको ६,५०० मिटरको उचाईमा नेटवर्कलाई सँधै संचालन राख्ने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !