२२ बैशाख २०८१, शनिबार

मन्त्रीको गाडीमा आगजनीपछि बालकुमारी क्षेत्र तनावग्रस्त

प्रकाशित मिति :  29 December, 2023 1:15 pm


काठमाडौ। । कोरिया जानका लागि ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्रीको गाडी जलाएपछि बालकुमारी क्षेत्र तनावग्रस्त बनेको छ ।

प्रदर्शनमा उत्रिएका युवाले सडक अबरुद्ध पार्दै भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेपछि स्थिति नियन्त्रण बाहिर आएको ललिपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले बताए।

आन्दोलनकारीले मन्त्री र पीएसोआई गाडीबाट बाहिर निकालेर आगजनी गरेका थिए ।

शाहका अनुसार अहिले प्रहरी टोली घटनास्थलमा पुगेर अश्रुग्यास प्रहार गर्दै स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस !