२१ बैशाख २०८१, शुक्रबार

बक्यौता विद्युत महसुसल रकम बुझाउन प्राधिकरणले दियाे ५ वर्षको समय

प्रकाशित मिति :  9 January, 2024 8:17 am


काठमाडौँ। नेपाल विद्युत प्राधिकरणले तिर्न बाँकी बक्यौता रकम ६० महिना भित्र किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था गरेको छ।

प्राधिकरणले मंगलबार सूचना जारी गर्दै विद्युत महसुल रकम बुझाउन ५ वर्षको समय दिएको हो।

यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको ‘अत्यन्त जरुरी सूचना’ भन्दै जारी गरेको सूचनामा उल्लेख छ।

मंगलवारको गोरखापत्र दैनिकमा प्रकाशित सूचनामा ‘प्राधिकरणका विभिन्न संचरनाहरुबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरुसँगको विगतदेखिको रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको’ उल्लेख छ।

सेवा लिनका लागि सूचना प्रकाशित भएको मितिले प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा किस्ताबन्दीको सुविधाको लागि ३० दिनभित्र आवेदन दिन भनिएको छ।



प्रतिक्रिया दिनुहोस !