५ जेष्ठ २०८१, शनिबार

क्रिकेटर सन्दीप छामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला

प्रकाशित मिति :  10 January, 2024 4:56 pm


काठमाडौँ । अदालतले क्रिकेटर सन्दीप छामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

जिल्ला अदालत काठमाडौंले बलात्कारको आरोपमा दोषी ठहर भएका लामिछानेलाई आज सजाय सुनाएको हो ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले कैदसँगै उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश दिएको हो । यसअघि गत पुस १३ गते ढकालको इजालासले लामिछानेलाई दोषि ठहर गरेको थियो ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

यसैबीच लामिछाने जिल्ला अदालतको फैसला चित्तबुझ्दो नभएको भन्दै उच्च अदालत जाने भएका छन् ।

सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जिल्लाको फैसला चित्त नबुझेको भन्दै थप कानुनी उपचारका लागि उच्च अदालत जाने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !