२४ बैशाख २०८१, सोमबार

रुसी सेनामा भर्ना प्युठानका एक युवकको मृत्यु

प्रकाशित मिति :  11 January, 2024 6:30 pm


काठमाडौँ । रुसी सेनामा भर्ना भएका एक नेपाली युवकको ज्यान गएको छ ।

प्युठान नगरपालिका–४ काठेवर निवासी सोमेश सुनारको रुस युक्रेन युद्धमा मृत्यु भएको प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र बर्माले जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सुनाको मृत्युबारे जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयले यसअघि रुसी सेनामा संलग्न १० जना नेपालीको निधन भएको जानकारी गराएको थियो ।



प्रतिक्रिया दिनुहोस !