६ जेष्ठ २०८१, आइतबार

राप्ती नदीमा बस खस्दा कम्तीमा १२ जनाको मृत्यु

प्रकाशित मिति :  13 January, 2024 7:21 am


दाङ । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बस राप्ती नदीमा बस खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

 बाग्मती प्रदेश ३००१ ख. ३९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार राति १० बजे दाङ–देउखुरीको भालुवाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो ।

दुर्घटनामा १२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक बहादुर मल्ल जानकारी दिए । घाइतेहरुको राप्ती विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रहरी चौकी भालुबाङका अनुसार दुर्घटनामा परी सातजनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा तीन जनाको भालुबाङ स्वास्थ्य चौकी र दुई जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। २३ जना घाइते भएका छन् ।

बसका चालक सल्यानका २८वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

बस दुर्घटनापछि स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !