६ जेष्ठ २०८१, आइतबार

थानकोट–चित्लाङ सडकमा गाडी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

प्रकाशित मिति :  13 January, 2024 4:44 pm


काठमाडौँ । थानकोट–चित्लाङ सडक खण्डमा निजी कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

महानगरीय प्रहरी वृत्त थानकोटाका अनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा बल्खुस्थित बयोधा अस्पतालमा मृत्यु भएको हो ।

काठडमाडौँदेखि चित्लाङ जाँदै गरेको बा प्र–०१–०२३ च ६९८५ नम्बरको फोर्ड गाडी अनियन्त्रित भएर शनिबार दिउँसो १ बजेर ५५ मिनेटमा काठमाडौँ चन्द्रगिरी ४ हिमचुली दुर्घटना भएको महानगरीय प्रहरी वृत्त थानकोटाले जनााएको छ । गाडी सडकबाट पाँच सय मिटर तल खसेको छ ।

गाडीमा सवारी ६ जनामध्ये एक जना भने हाम फालेर बच्न सफल भएका छन् । दुर्घटनामा काठमाडौँ वडा नम्बर ३० मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उनकी पत्नी ६४ वर्षीया कल्पना तिवारी, उनका ज्वाइँ काठमाडौँ वडा नम्बर २ का डा.महेशकुमार गौतम, उनका छोराछोरी क्रमशः ६ वर्षीया स्मारिका र चार वर्षीय प्रियन्सको मृत्यु भएको हो ।

घाइते स्मारिकाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चालक महेशकुमारकी पत्नी सृष्टि तिवारी गौतम भने हाम फालेर बच्न सफल भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !