१५ बैशाख २०८१, शनिबार

तराईका अधिकांश स्थानहरूमा हुस्सु, हवाइ यातायात प्रभावित हुन सक्ने

प्रकाशित मिति :  14 January, 2024 7:29 am


काठमाडौँ। हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

बिहानैदेखि तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने विभागले जनाएको छ।

आइतवार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने विभागको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ। 

आइतवार राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । 

रातमा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। 

हुस्सु/कुहिरोको असर तथा कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको हुँदा विभागले सचेतना अपनाउन अनुरोध गरेको छ। 



प्रतिक्रिया दिनुहोस !