२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ महानगरपालिकाको संस्थागत स्वमूल्यांकन: १०० मा ७८.५ अंक

प्रकाशित मिति :  15 January, 2024 5:12 pm


काठमाडौँ । ‘संस्थागत स्वमूल्यांकन’ मा आर्थिक बर्ष २०७९\०८० मा काठमाडौँ महानगरपालिकाले ७८.५ अंक प्राप्त गरेको छ । गत पुस २९ गते बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दिपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरूको पूर्णाङ्‍क र प्राप्त अंक सम्बन्धी विवरण पेश गरेका थिए । यो प्राप्ताङ्कलाई बैठकले अनुमोदन गरेको हो ।

आर्थिक बर्ष २०७७\०७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक बर्ष २०७८\०७९ मा ५७.२५ मा पुगेको थियो । विगतको अवस्थामा सुधार गर्दै गएको बर्ष (२०७९\०८०) मा ७८.५ अंक प्राप्त गरेको हो ।

०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी तीन तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ । यी सूचकहरूमा क्रमशः २१, ३४ र ४५ प्रतिशत अंक भार राखिएको छ । यसलाई १० वटा विषय क्षेत्रमा बर्गीकरण गरिएको छ ।

यी सूचकमध्ये ९ पूर्णाङ्कको शासकीय प्रबन्धमा महानगरपालिकाले ८ अंक प्राप्त गरेको छ । यस्तै ८ पूर्णाङ्कको संगठन तथा प्रशासनमा ५.७५, ११ अंकको बार्षिक बजेट तथा योजना व्यवस्थापन ७.५, ११ अंकको वित्तीय एवम आर्थिक व्यवस्थापन, १० अंकको सामाजिक समावेशीकरणमा ८ प्राप्त गरेको छ । १६ अंकको सेवा प्रवाहमा १२.५, ७ अंकको न्यायिक कार्य सम्पादनमा ६ र १३ अंककाे भौतिक पूर्वाधारमा ९.७५ अंक पाएको छ । ९ अंकको वातावरण संरक्षण तथा विपद व्यवस्थापन ५.५, ६ अंकको समन्वय सहकार्यमा ६ अंक प्राप्त गरेको छ ।

आर्थिक बर्ष २०७८\०७९ मा ५७.२५ अंक प्राप्त गर्दा ९ अंकको शासकीय प्रबन्धमा ७ अंक , ८ अंकको संगठन र प्रशासनमा ४ अंक , ११अंकको वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७ अंक प्राप्त गरेको थियो । यस्तै ११ अंककाे वित्तीय एवं आर्थिक व्यवस्थापनमा ९ अंक , १६ अंकको सेवा प्रवाहमा ९.७५ अंक , ७ अंकको न्यायिक कार्यमा ४ अंक, १३ अंकको भौतिक पूर्वाधारमा ४.५ अंक , १० अंकको सामाजिक समावेशीकरणमा ४.५ अंक , ९ अंकको वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ४.५ अंक र ६ अंकको सहकार्य र समन्वयमा ३ अंक प्राप्त गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !