जम्मू-कश्मीरमा भएको गोली हानाहानमा भारतीय सेनाका कर्णेलसहित ५ सुरक्षाकर्मीको मृत्यु

एजेन्सी, २१ वैशाख ।
जम्मू-कश्मीरमा चरमपन्थीसँग भएको गोली हानाहानमा भारतीय सेनाका एक कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मी मारिएका छन् ।
मुठभेडमा दुई चरमपन्थीपनि मारिएका छन् ।
भिडन्तमा मारिनेमा २१ राष्ट्रिय राइफलका कमाण्डिङ अफिसर अशुतोष शर्मा, मेजर अनुज र एक लेस नायक तथा एक जवान छन् । त्यस्तै जम्मू-कश्मीरका प्रहरी सब इन्स्पेक्टर शकील काँजीको पनि मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सुरक्षा अधिकारीका अनुसार चरमपन्थी हान्दवाराको एक भवनमा पसेर केही मान्छेलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
सर्वसाधारण नियन्त्रणमा लिएको जानकारी पाएपछि सेना र प्रहरीले संयुक्त अप्रेशन चलाएका थिए ।
अप्रेशनका क्रममा भारतीय उच्च सुरक्षा अधिकारीसहित ५ जना सुरक्षाकर्मी मारिएका हुन् ।भारतीय रक्षामन्त्री राजनथ सिंहले ट्वीट गर्दै ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली व्यक्ति गरेका छन् ।