४ जेष्ठ २०८१, शुक्रबार

अत्याधिक चिसो बढेपछि तराईका शैक्षिक संस्था बन्द

प्रकाशित मिति :  17 January, 2024 1:13 pm


काठमाडौं । तराईका जिल्लाहरुमा शीतलहरसँगै अत्यधिक चिसो बढेपछि शैक्षिक संस्थाहरु बन्द गर्न थालिएको छ ।

अत्याधिक चिसो बढेपछि विपराटनगर महानगथरपालिका, इटहरी नगरपालिकाहरुले शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै मोरङ, सुनसरी र झापाका अन्य पालिकाहरुले पनि बर्खे विदाबाट कट्टा हुने गरि शैक्षिक सस्था बन्द गरेका छन् ।

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालित शैक्षिक संंस्थामा तीन दिन विदा दिने निर्णय गरेको छ । मंगलबार एक सूचना जारी गर्दै महानगरले बुधबारदेखि शुक्रबारसम्म तीन दिन महानगर क्षेत्रका सम्पूर्ण विद्यालय विदा दिने निर्णय गरेको हो ।

अत्यधिक चिसो बढ्न थालेपछि विद्यालयको पठनपाठनलगायतका गतिविधि गर्न कठिनाइ हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने सम्भावनालाई मध्यनजर गर्दै विदा दिने निर्णय गरिएको महानगरले जनाएको छ ।

केही दिनयता विराटनगरसहित तराईका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । विराटनगरको तापक्रम ९ डिग्री भन्दा तल झरेको छ । यस्तै इटहरी उप महानगरपालिकाले पनि आजबाट तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !