१६ चैत्र २०८०, शुक्रबार

आज मात्रै १० जनामा कोरोना संक्रमणको पुष्टि,संक्रमित संख्या ६९ पुग्यो

प्रकाशित मिति :  3 May, 2020 4:29 pm


काठमाण्डौं, २१ वैशाख ।

सरकारले आज मात्रै १० जनामा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले पर्सामा १ जना र बाँकेमा ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।

पर्सामा ३६ बर्षीय पुरुष र बाँकेमा ५ पुरुष र ४ महिला संक्रमित भेटिएका छन् । यसअघि बाँकेमा १ जना संक्रमित भेटिएका थिए । प्रवक्ता देवकोटाले भने,‘नेपालगञ्जको प्रयोशालममा परीक्षण गर्दा ९ जनामा थप पोजेटिभ देखिएको छ । जसमा ५ जना पुरुष र ४ जना महिला   हुनुहुन्छ ।  उहाँहरु ७ देखि ५८ बर्ष उमेरका रहनुभएको हामीलाई जानकारी प्राप्त भएको छ । यसरी आज थप १० जना पोजेटिभ देखिएसँगै कुल संक्रमित हुनेको संख्या ६९ पुगेको छ ।’

बाँकेमा कोरोना पोजेटिभ भेटिएकालाई कोरोना अस्पताल लगिदैछ ।

अहिलेसम्म रुपन्देहीमा १ जना, नेपालगञ्जमा १ जना र १० जनालाई अस्पताल लगिदै गरिएको, धनगढीमा १ जना, भरतपुरमा १ जना, वीरगञ्जमा ९ जना, विराटनगरमा ३१ जना कोरोना संक्रमितको उपचार भईरहेको छ । प्रवक्ता देवकोटाले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !