६ जेष्ठ २०८१, आइतबार

धवलागिरी हिमाल पोलिक्लिनिक बसुन्धराबाट नक्कली डाक्टर पक्राउ

प्रकाशित मिति :  22 January, 2024 2:08 pm


काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा एक जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ परेका एक व्यक्ति नक्कली डाक्टर रहेको सार्वजनिक गरेको छ ।

सोमबार विराटनगर–२ घर भई हाल काठमाडौं बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई धवलागिरी हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा समेत काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !