२५ बैशाख २०८१, मंगलबार

आजदेखि स्वस्थानी ब्रतकथा, माधवनारायणको मेला हुँदै

प्रकाशित मिति :  25 January, 2024 7:12 am


फाइल फाेटाे

काठमाडौँ। आजदेखि स्वस्थानी ब्रतकथा सुरू भएको छ। हरेक वर्ष आजकै दिन, पुस शुक्ल पूर्णिमादेखि एक महिनासम्म स्वस्थानी ब्रतकथा सुन्ने सुनाउने गरिन्छ।

वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक माघ स्नान गरी स्वस्थानी व्रत लिने तथा कथा वाचन शुरु गर्ने संस्कार रहेको छ।

सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । 

आजैदेखि एक महिनासम्म काठमाडौँको साँखुस्थित  शालिनदीमा माघस्नान तथा माधवनारायणको मेला शुरु हुँदैछ । पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । 

बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने, सुनाउने परम्परा छ । 

शालिनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट भक्तजन शालीनदी पुग्ने गर्दछन्।



प्रतिक्रिया दिनुहोस !