१३ बैशाख २०८१, बिहिबार

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि, एकैदिन १५ जना संक्रमित भेटिए

प्रकाशित मिति :  3 May, 2020 7:55 pm


काठमाण्डौं, २१ वैशाख । 

बाँकेमा थप ६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाँकेमा आजै थप ६ जनामा कोरोना संक्रमति भेटिएका पुष्टि गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले आज बेलुकी निकालेको विज्ञप्ति अनुसार नेपालगञ्ज उपमहानगरपालिका ८ का ३ जना पुरुष र ३ जना महिलामा कोरोना संक्रमण भएको छ ।

१६,२१ र ३४ बर्षका पुरुष र ४०,५५ र ६० बर्षका महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले आज दिउँसो मात्रै पत्रकार सम्मेलन गरेर ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । योसंगै नेपालगञ्जमा आजै १५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

यसअघि १ जनामा कोराना संक्रमणको पुष्टि भएको थियो । बाँकेमा अहिलेसम्म १६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यसअघि उदयपुरमा सबैभन्दा धेरै २३ जना कोरोना संक्रमित भेटिएका थिए ।

उदयपुरपछि बाँकेमा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा आज बेलुकी थप ६ जना भेटिएपछि देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । ७५ जनामध्य १६ जना भने निको भएर घर फर्किसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !