१६ बैशाख २०८१, आइतबार

संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्छः सभामुख घिमिरे

प्रकाशित मिति :  28 January, 2024 8:33 am


काठमाडौँ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संघीयतालाई सही ढंगबाट प्रयोग गर्न सक्नुपर्ने बताएका छन्।

शनिवार मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीयता नेपाल जस्तो मुलुकमा जरुरी थिएन भन्नेकुराहरुमाथि चर्चा गरेका हुन्।

खर्चको बोझ मात्रै भएको छ र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणीसँगसँगै संविधानमाथि टिप्पणी हुने गरे पनि यथार्थ यसो नभएको उनको तर्क छ।

संघीयता खर्चको बोझ मात्रै भएको र संघीयताले राष्ट्रमा उन्नति गर्न सकेन भन्ने बिरोध र टिप्पणी हुनु सकारात्मक नभएको उनको भनाइ छ।

संघीयतालाई सही रुपबाट प्रयोग गर्न सकने यसले ठूला काम गर्नसक्ने बताए। घिमिरेले भने, “वास्तवमा संघीयतालाई प्रयोग गर्ने हो भनेदेखि यसले ठूलाठूला कामहरु गर्नसक्छ ।”

जहाँ इच्छा त्यहाँ उपाय  उखान जस्तै यदी इच्छा गर्ने हो भने केही न केही उपाय आउन सक्ने तर्क उनको छ। 

सभामुख घिमिरेले सामाजिक सुरक्षा सम्बन्धी कानूनको कार्यान्वयन गर्न आवश्यक जोड दिनुपर्ने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !