६ जेष्ठ २०८१, आइतबार

बाँकेमा थप नमुना परीक्षण आज मात्रै, अहिलेसम्म १६ भन्दा बढी संक्रमित नभेटिएको जानकारी

प्रकाशित मिति :  4 May, 2020 8:42 am


बाँके, २२ वैशाख ।

स्वास्थ्य कार्यालय बाँकेले अहिलेसम्म बाँकेमा कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको स्पष्ट पारेको छ ।

विभिन्न सञ्चारमाध्यममा थप ९ जनामा संक्रमित भेटिएर २४ जना पुगेको हल्ला फैलिएपछि स्वास्थ्य कार्यालय बाँकेले हालसम्म परीक्षण गरिएका मध्य १६ जनामात्रै कारोना संक्रमणको पुष्टि भएको स्पष्ट पारेको छ ।

आज विहान ७ बजे तथ्याङ्कको अध्यावधिक गर्दै स्वास्थ्य कार्यालय बाँकेले भनेको छ,‘ विहान ७ बजेसम्मको अध्यावधिक विवरण अनुसार बाँके २०७७११९ गते पुष्टि भएको संख्या जम्मा १ र सो केशको कन्ट्याक्ट ट्रयासिङ गरि ९४ जनाको स्वाब कलेक्सन गरिएकोमा सो स्याम्पलको ल्याब परीक्षणमा हालसम्म परीक्षण गरिएको मा थप १५ जनाको पोजेटिभ गरि जम्मा कोभिड-१९ पोजेटिभ केश संख्या बाँके जिल्लामा १६ जना रहेको छ ।’

संक्रमितलाई सुशील कोईराला प्रखर क्यान्सर अस्पतालको आईसोलेशन अस्पताल खजुरामा प्रत्यक्ष निगरानीमा राखेको स्वास्थ कार्यालयले जनाएको छ ।

प्रयोगशाला रहेको भेरी अस्पतालले पनि बाहिर आएको तथ्याङ्क सही नभएको उल्लेख गरेको छ । अस्पतालले आजदेखि मात्रै थप परीक्षण सुरु हुने बताएको छ ।

गलत हल्ला फैलिएपछि हिजो बेलुकी अस्पतालले आफ्नो फेसबुक पेजमा लखेको छ,‘भेरी अस्पताल नेपालगन्जमा रहेको कोभिड—१९ प्रयोगशालामा अहिलेसम्म १६ जनामा मात्र आरटीपीसीआर संक्रमण पुष्टि भएको कुरा जानकारी गराउन चाहन्छौं। बाँकी रहेको नमुना परीक्षण भोलिबाट मात्र सुरु हुने छ। संक्रमित सबै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको छ।’



प्रतिक्रिया दिनुहोस !