२५ बैशाख २०८१, मंगलबार

कोशीको परिणाम अप्रत्याशित छ, गम्भीर रुपमा छलफल हुन्छः सत्ता गठबन्धन

प्रकाशित मिति :  31 January, 2024 6:18 am


काठमाडौँ। सत्तारुढ गठबन्धनले कोशीमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवार पराजित हुनु अप्रत्याशित रहेको बताएको छ । 

मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सो निस्कर्ष निकालेको हो । 

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभाको निर्वाचन र परिणामको विषयमा प्रारम्भिक समीक्षा र छलफल भएको जानकारी गराए। 

कोशी प्रदेशमा सत्ता पक्षीय गठबन्धनमा गठबन्धनले सिट गुमाएको विषयलाई लिएर छलफल भएको बताए।

कोशीमा अप्रत्याशित नतिजा आएको र सो विषयमा प्रारम्भिक छलफल भएको तर उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने भनाइ उनको छ। 

उनले भने, “कोशीमा अप्रत्याशित रिजल्ट आएको छ । यो गम्भीर छ । यसका बारेमा प्रारम्भिक छलफल भएको छ । गठबन्धन एकमुष्ठ छ, एकीकृत छ । गठबन्धनमा प्रभाव पार्ने स्थिति छैन । परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल गर्नुपर्छ ।“

प्रमुख सचेतक लेखकले कोशीको परिणाम अप्रत्याशित र गम्भीर भएकाले गम्भीर तरिकाले छलफल हुने बताए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !