२१ बैशाख २०८१, शुक्रबार

स्याङ्जाकाे विरुवा गाउँपालिकाकाे प्रतीक चिन्ह सार्वजिनक

प्रकाशित मिति :  31 January, 2024 2:47 pm


काठमाडौँ । स्याङ्जाको विरुवा गाउँपालिकाले गाउँपालिकाको प्रतीक चिन्ह सार्वजनिक गरेको छ । विरुवा गाँउपालिकाको १४ औं गाउँसभाको अवसरमा उक्त लोगो सार्वजनिक गरिएको हो।

गाउँपालिकाको ऐतिहासिक धार्मिक, पुरातात्विक महत्वका क्षेत्रहरू समेटेर विरुवा गाउँपालिका वडा नम्बर ५ का जीवन वाग्लेले लोगो तयार पारेका हुन् ।

उक्त प्रतीक चिन्ह लोगोको माथिल्लो भागमा गाउँपालिकाको नाम र तल्लो भागको रिवनमा गाउँपालिकाको ठेगानासँगै धान र गहुँको बाला रहेको छ।



प्रतिक्रिया दिनुहोस !