१५ बैशाख २०८१, शनिबार

केन्द्रीय खाद्य प्रयोगशालामा अनलाइन सूचना प्रणाली सुरु, कृषि मन्त्रीले गरे उद्घाटन

प्रकाशित मिति :  2 February, 2024 7:44 am


काठमाडौँ । राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालाको सेवा थप प्रभावकारी बनाउन प्रयोगशाला सूचना व्यवस्थापन प्रणाली (एलआईएमएस) सुरू भएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग मातहत सञ्चालनमा रहेको केन्द्रीय प्रयोगशालाको नयाँ प्रणालीको मन्त्री डा. बेदु राम भुसालले बुधवार उद्घाटन गरेका हुन्।

प्रयोगशालाले प्रदान गर्ने सेवा छिटो छरितो तरिकाले सम्पन्न गर्न प्रणाली सहयोगी हुने विभागकी महानिर्देशक मतिना वैद्य जोशीले बताइन्।

बुधवारदेखि विभागको आर्थिक वर्ष २०८०÷८१ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी कार्यक्रम सुरु भएको छ।



प्रतिक्रिया दिनुहोस !