२१ बैशाख २०८१, शुक्रबार

राेल्पामा ‘प्रथम बृहत सुनछहरी साँस्कृतिक महोत्सव’ आजदेखि सुरु ( फाेटाे फिचर )

प्रकाशित मिति :  5 February, 2024 6:41 pm


रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकाको आयोजनामा ‘प्रथम बृहत सुनछहरी साँस्कृतिक महोत्सव’ आजदेखि सुरु भएको छ ।

कार्यक्रमको रोल्पाबाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री वर्षमान पुनले उद्घाटन गरेका छन् ।

मौलिक कला संस्कृतिको संरक्षण प्रवर्धन र विकासका लागि भन्दै गाउँपालिकाले कार्यक्रम गरेको हो ।

सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुनका अनुसार साँस्कृतिक प्रतियोगिता अन्तर्गत विभिन्न ६ विधामा प्रतिस्प्रधा हुने छ । सुनछहरी गाउँपालिका वडा नम्बर–५ पोबाङमा सुरु भएको हो ।

माघ २५ गतेसम्म सञ्चालन हुने महोत्वसमा मारुनी नाच, सरङ्गे नाच, मैयुर नाच, पञ्चेबाजा, भूम्या नाच र लोकदोहोरी प्रतियोगिता राखिएको छ । महोसत्वमा खासगरि गाउँपालिकाभित्र रहेको मौलिक साँस्कृतिलाई संरक्षणको लागि वडा वडाबिच प्रतिस्प्रधा गराउने पालिकाले जनाएको छ ।

उद्घाटन कार्यक्रममा गाउँपालिकाभित्र जन्मेर समाजका विभिन्न क्षेत्रमा योगदान पुराएका पत्रकार, कलाकार, समाजसेवीदेखि अन्य विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएकाे छ ।

कार्यक्रम सम्पन्न गर्न सुनछहरी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष अमरजित पुनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।

कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्ती, प्रदेश सांसद जोखबहादुर महरा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !