२० बैशाख २०८१, बिहिबार

मधेश र गण्डकी प्रदेशमा एनसेलको ‘सुदृढ फोरजी नेटवर्क’

प्रकाशित मिति :  10 February, 2024 7:02 am


काठमाडौँ। एनसेलले मधेश र गण्डकी प्रदेशका विभिन्न जिल्लाका स्थानिय स्तर र क्षेत्रमा फोरजी नेटवर्कमा सुधार गरेको छ ।

यससँगै दुई प्रदेशका ३० भन्दा बढी स्थानका ग्राहकहरूले अब फोरजीको सुदृढ नेटवर्क र मोबाइल ब्रोडब्याण्डबाट फाइदा लिन सक्ने एनसेलले जनाएको छ।

फोरजी सेवामा सुधार भएका क्षेत्रहरुमा औराही, बलवा, बटेश्वर, चन्द्रनगर, जनकपुरधाम, लोहरपट्टी, मटिहानी, मिथिला बिहारी, नहरा, नवराजपुर, पिपरालगायतका स्थानहरु रहेका छन् ।

आफ्नो सेवा विस्तार गर्दै आधुनिक मोबाइल ब्रोडब्यान्ड कनेक्टिभिटीमा सबैको पहुँच सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धता बमोजिम फोरजी सेवामा थप सुधार गरेकोे कम्पनीको भनाई छ।

एनसेलले अब गण्डकी प्रदेशको आँबूखैरेनी, घरपझोङ, फेदीखोला, पोखरा, पुतलीबजार र ताराखोलामा पनि सुधारिएको फोरजी नेटवर्क बाट उपभोक्ताले लाभ लिन सक्ने जनाएको छ।

एनसेलले भनेको छ, “देशका अन्य स्थानहरुमा पनि सेवाको अवस्था हेरि आवश्यक लगानी गर्दै विस्तारित फोरजी सेवामा थप सुधार गर्ने योजना रहेको छ ।”

हालै कम्पनीले सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशमा विभिन्न स्थानहरुमा फोरजी सेवा सुधार गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !