२० बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीको आश्वासनः मन्त्रीमण्डल पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन्

प्रकाशित मिति :  10 February, 2024 7:16 pm


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका छन्।

सोनाम ल्होछारको अवसर पारेर शनिवार काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले गत साल पनि आफूले सोनाम ल्होछारको अवसर पारेर घोषणा गरे अनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाएको पनि स्मरण गराए।

प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए। गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो ।

प्रधानमन्त्री दाहालले भने, “गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खासगरी वागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । प्रदेशमा बन्नुभयो । म यहाँहरुलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्नसक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ ।”

प्रधानमन्त्री दाहालले सरकारले संघीयता कार्यान्वयनको कामलाई उच्च प्राथमिकता दिएको पनि दोहो¥याए।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !