७ जेष्ठ २०८१, सोमबार

आजदेखि माओवादी केन्द्रको विधान सम्मेलन

प्रकाशित मिति :  13 February, 2024 7:58 am


काठमाडौँ । आज (मंगलवार) देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विधान सम्मेलन काठमाडौँमा सुरु हुने भएको छ। बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्मेलन सुरु हुने पार्टीले जनाएको छ।

एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।

सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेशका पदाधिकारी, जनवर्गीय सङ्गठनका पदाधिकारीको सहभागिता रहने कार्यक्रम छ।

प्रस्तावित विधानमा यही माघ २६ र २७ गते भएको पार्टीको स्थायी समिति बैठकमा छलफल भएको थियो ।

पार्टीले विधानको मस्यौदा तयार गर्न उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । समितिले गत पुस २७ गते पार्टी अध्यक्ष दाहाललाई विधानको मस्यौदा बुझाएको थियो ।



प्रतिक्रिया दिनुहोस !