८ बैशाख २०८१, शनिबार

विप्लव नेतृत्व नेकपाका इलाम जिल्ला इन्चार्जसहित ३ जना पक्राउ

प्रकाशित मिति :  5 May, 2020 12:54 pm


????????????????????????????????????

इलाम, २३ वैशाख ।

इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जसहित तीन जना नेता पक्राउ परेका छन् । इलामको माई नगरपालिका–९, बोरुङमाबाट विप्लव नेकपाका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला, कार्यकर्ता जलन शेर्पा र सौरभ तामाङ पक्राउ परेका  प्रहरीले जनाएको  छ ।

गएराति दानाबारी र चिसापानीबाट गएको सशस्त्र प्रहरीको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेर पक्राउ गरेको नेकपाले दाबी गरेको छ । सशस्त्र प्रहरीले भने सेन्ट्री बसेका विप्लव कार्यकर्ताले गोली चलाएपछि जावाफमा ७ राउण्ड गोली चलाएको दाबी गरेको छ ।

उनीहरुको साथबाट विभिन्न विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर लगायत बरामद भएको इलाम प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री जिल्ला प्रहरी कार्यालय इलामलाई बुझाएको छ ।



प्रतिक्रिया दिनुहोस !