२० बैशाख २०८१, बिहिबार

सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढ्यो

प्रकाशित मिति :  16 February, 2024 11:31 am


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

छापावाल सुनको मूल्य प्रतितोला १ लाख १७ हजार १ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय ५० रुपैयाँ पुगेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

हिजो बिहीबार छापावाला सुनको मूल्य प्रतितेला १ लाख १६ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले बढेर १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !