२७ बैशाख २०८१, बिहिबार

राष्ट्र बैंकका गर्भनर अधिकारीद्धारा सम्पति विवरण सार्वजनिक (विवरणसहित)

प्रकाशित मिति :  5 May, 2020 4:09 pm


काठमाण्डौं, २३ वैशाख ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विभिन्न बैंक,वितीय संस्था तथा जलविद्युतलगातका कम्पनीमा १ करोड रुपैयाँ बराबरको सेयर रहेको देखिएको छ ।

गभर्नर भएपछि उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा बैंक तथा वित्तीय संस्था तथा जलविद्युत् कम्पनीमा १ करोड रुपैयाँ बराबरको सेयर रहेको देखिएको छ ।

गभर्नर अधिकारी र उनको परिवारका सदस्यको नाममा सेयर रहेको सम्पति विरणमा उल्लेख छ । गभर्नर अधिकारीले पेश गरेको विवरणमा नबिल,हिमालयन,सिदार्थ,बैक अफ काठमाण्डू,सनराइज,एभरेष्ट,मेगा,एनएमबि,ग्लोबल आइएमई बैंक र एनआईसी एशियामा प्राथमिक र दोस्रो बजारबाट किनेको सेयर रहेको उल्लेख छ ।

सार्वजनिक विवरण अनुसार अधिकारीको बैंक तथा वित्तीय संस्थामा २७ हजार १ सय ८४ कित्ता सेयर रहेको छ । जसको लागत रकम ४८ लाख ३७ हजार रुपैयाँ रहेको उल्लेख छ ।

चिलिमे,माथिल्लो तामाकोशी,सानिमा माइ जलविद्युत आयोजनामा पनि २७ हजार ९२९ कित्ता सेयर रहेको विवरणमा खुलाईएको छ । जसको लागत मूल्य ४० लाख १७ हजार रुपैयाँ छ ।

गभर्नर अधिकारीसँग अहिले २२ वर्गमिटरमा बनाएको ललितपुर घर रहेको छ । घर संचयकोष सापटी र बैंकबाट ऋण लिएर २०५९ सालमा बनाएको अधिकारीले सम्पत्ति विवरणमा जानकारी गराएका छन् ।

गभर्नर अधिकारीको अधिकाशं सम्पत्ति श्रीमती सरिता अधिकारीको नाममा राखेको देखिएको छ । बिराटनगरको जग्गा बेचेर ललितपुरमा जग्गा किनेको उल्लेख छ ।

यस्तै राष्ट्र बैंकबाट सेवा निवृत हुँदा पाएको रकमबाट गभर्नर अधिकारीले ललितपुरमा जग्गा किनेका जानकारी गराएका छन् । मकवानपुरमा बचतबाट जग्गा किनेको सम्पत्ति विवरण छ । यस्तै गभर्नर अधिकारीसँग २७ तोला सुन र ५० तोला चाँदी रहेको छ । बैंक तथा वित्तीय संस्थामा १२ लाख रुपैयाँ बचत रहेको देखिएको छ



प्रतिक्रिया दिनुहोस !