६ जेष्ठ २०८१, आइतबार

लकडाउन लम्बिने,समयावधिबारे मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने

प्रकाशित मिति :  5 May, 2020 8:12 pm


बालुवाटारमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक । फोटो : प्रधानमन्त्रीको सचिवालय

काठमाण्डौं, २३ वैशाख ।

लकडाउन लम्बिने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितको बैठकले अहिलेसम्म अख्तियार गरेको नीति ठिक भएको भन्दै यसलाई निरन्तरता दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले अहिले अविलम्बन गरिरहेको नीति ठिक रहेको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले भने,‘जुन दिशामा सरकारले जे निर्णय लिएर अगाडी बढिरहेको छ अहिलेसम्म हामी सही बाटोमा छौं । यसले नागरिक सुरक्षा गर्न र रोग संक्रमणलाई एउटा काबुमा राख्न यो सही दिशामा अगाडी बढेको छौं भन्ने आजको छलफलको सार छ ।’

बैठकले कारोना रोकथाम नियन्त्रणका लागि सबै प्रयासहरु जारी राख्ने निर्णय पनि गरेको छ ।

सचिव बिडारीले भने,‘ कोहीपनि व्यक्ति, कोहीपनि नागरिक हाम्रो मुलुकभित्र कसैले पनि यस रोग र संक्रमणका कारणबाट मृत्युवरण गर्नपर्ने स्थिति नआसोस् भन्नका लागि त्यो ढंगले रोक्दै जाने र अहिले अख्तियार गरेको नीतिलाई अझै प्रभावकारी र सशक्त ढंगले अगाडी बढ्ने यै नै छलफलको सार रहेको छ ।’

उनले भोलीको मन्त्रिपरिषद् बैठकले थप निर्णय गर्ने जानकारी समेत दिए । समिति स्रोतका अनुसार कम्तिमा एक हप्ता लकडाउन थपेर जाने गरि छलफल भएको छ ।

अत्यावश्यकीय सेवाबाहेक लकडाउनलाई थप कडा बनाउने गरि समेत छलफल भएको स्रोतको भनाई छ । विश्वव्यापी रुपमा कोरोना संक्रमण फैलिएपछि चैत ११ गतेदेखि मुलुक लकडाउनमा छ ।

अहिलेसम्म देशभर ८२ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्य १६ जना निको भएर घर फर्किएका छन् ।



प्रतिक्रिया दिनुहोस !