१४ बैशाख २०८१, शुक्रबार

लकडाउन जेठ ५ गतेसम्म थप्ने सरकारको निर्णय

प्रकाशित मिति :  6 May, 2020 2:11 pm


काठमाण्डौं, २४ वैशाख ।

सरकारले लकडाउन थप्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ५ गतेसम्म लब्याउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

विश्वब्यापी  रुपमा कोरोना संक्रमण फैलिएपछि नेपाल सरकारले पनि चैत ११ गतेदेखि मुलुक लकडाउन गर्दै आएको छ । अन्तराष्ट्रिय सिमानाकाहरु बन्द छन् भने आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडानमा समेत रोक लगाईएको छ ।

लकडाउनका कारण कोरोना संक्रमण फैलिन नपाएको भन्दै सरकारले यसलाई निरन्तरता दिने दिने निर्णय गरेको हो ।

हिजो बसेको कोरोना—१९ उच्चस्तरीय समन्वय समिति बैठकले सरकारको अहिलेकै नीतिकै कारण कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको निष्कर्ष निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस !