१५ बैशाख २०८१, शनिबार

मगर दिवसमा स्याङ्जाको हरिनासमा सार्वजनिक बिदा

प्रकाशित मिति :  25 February, 2024 11:27 am


काठमाडौँ । स्याङ्जाको हरिनास गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माद्वारा गत शुक्रबार जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिईएको उल्लेख गरिएको छ ।

मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले जानकारी दिए। विगतका वर्षहरू गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको मानन्धरको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !