१३ कार्तिक २०८३, बिहिबार

सन्दिप लामिछानेको मुद्दामा पेसीको पहिलो नम्बरमा, आज फैसला हुने सम्भावना

प्रकाशित मिति :  5 May, 2024 11:08 am


काठमाडौं । क्रिकेटर सन्दीप लमिछानेको मुद्दामा आज उच्च अदालतमा पेसी तोकिएको छ ।

यसअघि तीनपटक पेसी तोकिएर पनि ‘फाइनल’ हुन नसकेको सो मुद्दा आज भने पेसी सूचीमा पहिलो नम्बरमै परेकाले सुनुवाइ हुने सम्भावना बढी रहेको सन्दीप पक्षका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले जानकारी दिए।

जिल्ला अदालतको फैसलाविरूद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्च अदालतमा विभिन्न कारण देखाएर तीनपटक सुनवाई स्थगत भइसकेको लामिछानेको मुद्दा नभ्याइनेमा परेको थियो ।

कुनै पनि शक्तिले प्रभावित नपारेमा मुद्दाको फैसला आजै हुनेमा अधिवक्ता घिमिरे विश्वस्त रहेका छन् ।

आज फैसला आएर लामिछानेले सफाइ पाएमा उनी टी–२० विश्वकप टीममा समेटिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !