८ जेष्ठ २०८१, मंगलबार

भारतको आन्ध्र प्रदेशमा विषाक्त ग्यास चुहावट हुँदा ८ जनाको मृत्यु, ५ गाँउ खाली गराईयो

प्रकाशित मिति :  7 May, 2020 11:40 am


एजेन्सी, २५ वैशाख ।

भारत आन्ध्र प्रदेशको विशाखापटनममा केमिकल प्लान्टमा विषाक्त ग्याँस चुहावट हुँदा कम्तिमा ८ जनाको ज्यान गएको छ । ग्याँस चुहावट भएपछि चारैतिर आतंक मच्चिएको छ ।

जिल्ला अधिकारी विनय चन्दले ग्याँसका कारण २ सय जना विरामी भएको जानकारी गराएका छन् जसमध्य ८६ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

ग्याँस चुहावट भएपछि २ जनाको प्लान्टको आसपास र अन्य पाँच जनाको उपचारका क्रममा ज्यान गएको थियो । ग्याँस चुहावटको कारण खुलेको छैन भने व्यवस्थापकका विरुद्ध एफआईआर दर्ता गरिएको छ ।

प्रहरीले ५ गाँउलाई खाली गराएर सुरक्षित स्थानमा लगिएको छ । विरामी भएका धेरैजसोमा आँखा पोल्ने र सास फेर्न समस्या हुने गरेको बताएका छन् ।

खासगरि साना बच्चा र बृद्धबृद्धालाई समस्या देखिएको छ । आन्ध्र प्रदेशका उद्योगमन्त्री गौतम रेड्डीले उक्त फ्याक्ट्रि लकडाउनपछि खुलेको बताएका छन् ।

कामदारले फ्याक्टि सञ्चालनको तयारी गरिरहेका बेला दुर्घटना भएको र प्रारम्भिक चरणमा व्यवस्थानपक्षले नियम पालना नगरेको देखिएको उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !